काठमाडौँ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताए ।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ एयरको हेलिकोप्टर दुर्घटना : वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि
प्राधिकरणद्वारा मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त
दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकप्टर परिचालन
मनाङ एयरको हेलिकप्टर दुधकुण्डको लामाजुरा डाँडामा दुर्घटना
काठमाडौँ आउँदै गरेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन