एकै दिन साढे ४१ अर्ब भुक्तानी

पत्रपत्रिकाबाट

मंगलबार, २६ असार २०८०, ०६ : ५१
एकै दिन साढे ४१ अर्ब भुक्तानी

काठमाडौं । सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था भएकाले आइतबार हतारहतारमा त्यति रकम भुक्तानी दिइएको हो ।

आर्थिक वर्षको अन्त्यमा बिल भौचर पनि नहेरिकन आपसी मिलेमतोमा पछि मिलान गर्नेगरी हतारहतारमा भुक्तानी गरी अनियमितता र बदमासी हुने गरेको आलोचना हुँदै आए तापनि यस वर्ष पनि वर्षान्तमा अस्वाभाविक भुक्तानी दिइएको खबर राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस