काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मिटर ब्याजसम्बन्धी विधेयकको अर्को बैठकमा पेश हुने र पास हुने बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले मिटर ब्याजसम्बन्धी विधेयकको अर्को बैठकमा पेश हुने र पास हुने बताएकी हुन्।
उनले भनिन्, ‘आजको कार्यसूचीमा रहेका मिटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ। मिटर ब्याजसम्बन्धी विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ र पास हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १९ : ०९
लेखकबाट थप