अखिल क्रान्तिकारीको पदाधिकारी बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, १६ : ४५
अखिल क्रान्तिकारीको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठक पेरिसडाँडामा भर्खरै सुरु भएको छ । पदाधिकारी बैठकमा संगठनको विधान सम्मेलन गर्ने विषयमा छलफल गर्न लागेको हो ।

संगठनको विधान एकातिर कमिटी अर्कोतिर हुँदा भद्रगोल भएपछि विधान सम्मेलन मार्फत व्यवस्थित गर्न लागिएको उपाध्यक्ष नरेश रेग्मीले बताए । 

 

‘संगठनलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्ने तयारी छौँ । यो विधान सम्मेलनले संगठनभित्र आन्तरिक प्रतिस्पर्धाको ढाको खोलोस् भन्ने छ’ रेग्मीले भने, ‘विधान सम्मेलनपछि संगठन अझ व्यवस्थित भई आगामी सम्मेलन समेत व्यवस्थित हुने अपेक्षा लिएको छ ।’ पन्चा सिंह नेतृत्वको कार्यकाल आगामी असोजमा सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस