भरतपुर । भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रावृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधनसहित) को दफा ५ को उपदप ३ (१) बमोजिम १५ दिनभित्र आवेदन दिन सूचना प्रकाशन गरेको छ ।
आगामी साउन ५ गतेभत्रि आवश्यक कागजातसहित भरतपुर महानगरपालिकाको वेबसाईटमा गई आवेदन भर्ने व्यवस्था मिलाईएको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।
आवेदनका लागि एसईईको ग्रेड सिट, अपाङ्ता भएको विद्यार्थीको हकमा अपाङ्ता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीकव् हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, सहिदका सन्तति, जनआन्दोलनका घाइतेका सन्तति र मधेस आन्दोलनका घाइतेका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पेश गर्नुपर्ने छ । त्यसै गरी गरिव तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीले महानगरको वेबसाइटमा राखिएको गरिव तथा विपन्न सिफारिस पेश गर्नुपर्ने छ ।
गत वर्ष महानगरपालिकाले कक्षा ११ मा पढ्ने २७४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा ऐन तथा भरतपुर महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छनोट गर्ने छ ।
स्थानीय सरकार अन्तर्गत भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक स्मार्ट विधिबाट छात्रवृत्ति कार्यक्रम लागू गरेर छात्रवृत्ति दिन सुरु गरेको हो । कक्षा ११ र १२ मात्र नभई महानगरपालिकाले सिमान्तकृत, विपन्न, अगाङ्ग तथा दलित विद्यार्थीलाई उच्च शिक्षाको लागि ४ वर्षसम्म छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना