क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक पर्यटनमन्त्रीले सोधे स्पष्टीकरण

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १२ : ०६
क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक पर्यटनमन्त्रीले सोधे स्पष्टीकरण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ नआएपछि हिजोको मन्त्रिस्तरीय निर्णयअनुसार के कति कारणले जवाफ नपठाएको हो  ।

स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । दोस्रो पटक पनि जवाफ नआए कानूनअनुसार प्रकृया अगाडि बढ्ने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

अधिकारीले आफ्नो समाजिक संजाल द्विटरमा प्राधिकरण स्वायत्त संस्था भएको उल्लेख गरेका थिए । अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले मन्त्रिपरिषद्ले नै स्पष्टीकरण सोध्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस