काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै राष्ट्रिय सभा बैठक अबरुद्ध गरेको छ ।
प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । यसै बिषयलाई लिएर एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो । प्रधमामन्त्रीको सो भनाई गैरजिम्मेवार रहेको एमालेको ठम्याई छ । प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै एमाले सांसदहरुले बैठक अवरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले