काठमाडौं । देशकाे विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।काठमाडौंकाे तारकेश्वर नगरपालिका-३ तिनपिप्ले चेक पोष्टबाट अवैध लागुऔषध गाँजा करिब ४ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं म्हेपी बस्ने २३ वर्षीय बुद्धिमान तामाङ र २३ वर्षीय साम्देन सेरचन रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बा.प्र.०२-०२९ प ४०४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१० काठेपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ मिलिग्राम र चरेस १ ग्राम ३२ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१० काठेपुल बस्ने २६ वर्षीय किसन नाथ र सोही नगरपालिका-४ गोबरिया बस्ने २२ वर्षीया ज्ञानु बिष्ट रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाराकाे निजगढ नगरपालिका-११ उनासिकिलो पुलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ५ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा ढल्केवर नगरपालिका-७ केमलीपुर बस्ने ३० वर्षीया राम पुकारी साह, पर्वत कुश्मा नगरपालिका-८ बस्ने ४५ वर्षीय कमल दमाई र तनहुँ व्यास नगरपालिका-११ बस्ने २१ वर्षीय अमित लम्साल रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ आउँदै गरेको ग.१ ख ९९२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पर्साकाे पोखरिया नगरपालिका-६ सिर्सियाबाट अवैध लागुऔषध गाँजा करिब ६ किलोसहित कालिकामाई गाउँपालिका-५ बस्ने ३२ वर्षीय रन्जित कुमार राउत समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले सिर्सियाबाट मानिपुरतर्फ जाँदै गरेको बीआर २२ ए डव्लु ७६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पर्साकै वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट अवैध लागऔषध खैरो हेराईन करिब १ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने २९ वर्षीय राजु राईलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ