विराटनगर । नेपाल र भारतको सिमा नाकाबाट दुई जना सुडानी महिलालाई भारतीय एसएसबीले पक्राउ गरेको छ । नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई भारतको सीमा चौकी शैलेशपुरबाट खटिएको एसएसबीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका उनीहरुलाई सीमा चौकी शैलेशपुरबाट नेपाल भारत आवत जावत हुने गर्दछ।
एसएसबी बटालियनका कार्यवाहक कमाण्डर रुपेश शर्माकाअनुसार नेपाल आउने क्रममा रहेका सुडानी महिला पक्राउ परेका हुन् । उनीहरु अवैध तरिकाले नेपाल प्रवेश गर्ने तयारीमा थिए ।
उनको भिसा पनि सकिएको थियो । सोधपुछका क्रममा दुवै सुडानी युवतीले आफ्नो नाम सावसान अब्देलहलिम हमेद सालिह र उमेर ४३ वर्ष, तहाने सादेलदीन इल्हाज सालिह र उमेर ५० वर्ष रहेको बताएका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानपछि बिहार प्रहरी भीमनगरलाई बुझाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ