विराटनगर । नेपाल र भारतको सिमा नाकाबाट दुई जना सुडानी महिलालाई भारतीय एसएसबीले पक्राउ गरेको छ । नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई भारतको सीमा चौकी शैलेशपुरबाट खटिएको एसएसबीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका उनीहरुलाई सीमा चौकी शैलेशपुरबाट नेपाल भारत आवत जावत हुने गर्दछ।
एसएसबी बटालियनका कार्यवाहक कमाण्डर रुपेश शर्माकाअनुसार नेपाल आउने क्रममा रहेका सुडानी महिला पक्राउ परेका हुन् । उनीहरु अवैध तरिकाले नेपाल प्रवेश गर्ने तयारीमा थिए ।
उनको भिसा पनि सकिएको थियो । सोधपुछका क्रममा दुवै सुडानी युवतीले आफ्नो नाम सावसान अब्देलहलिम हमेद सालिह र उमेर ४३ वर्ष, तहाने सादेलदीन इल्हाज सालिह र उमेर ५० वर्ष रहेको बताएका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानपछि बिहार प्रहरी भीमनगरलाई बुझाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ