बेपत्ता मजदुर मृत फेला

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १० : ३६
बेपत्ता मजदुर मृत फेला

काठमाडौ । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् ।

गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । 

ओखलढुंगा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मंगलवार साँझ बेपत्ता भएका थिए । 

उनलाई प्रहरीले पूर्व खोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस