थप विश्वविद्यालय आवश्यक छैन : खिमलाल देवकोटा

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, १५ : ४६
थप विश्वविद्यालय आवश्यक छैन : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक(२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन ।

सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराए ।

सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भिर हुुनुपर्ने आवश्यक्ता औंल्याए ।

सांसद देवकाटाले वित्तिय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस