महिला मन्त्रालयको बजेट बढाऔं : सांसद बेल्वासे

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, १५ : ३४
महिला मन्त्रालयको बजेट बढाऔं : सांसद बेल्वासे

काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताएकी छन । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेल्वासेले आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा वृद्धि गर्नुपर्ने बताइन् ।

सांसद बेल्वासेले सबै मन्त्रालयमा आफू मातहतका संस्थाहरु संरक्षण गर्नेगरी मात्रै बजेट आएको बताइन् । उनले मानव विकासका लागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिईन् । त्यसैगरी देशलाई खेलाडीहरुले विश्वमाझ चिनाइरहेको भन्दै खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताईन् ।

राष्ट्रिय सभा सदस्य बेल्वासेले बनमा रहेका जडिबुटीलाई निकालेर प्रशोधन गरी विदेशी मुद्रा आर्जनको साधन बनाउनुपर्ने बताईन्। उनले देशभित्र सञ्चालन भएका उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने बताईन्।

प्रतिक्रिया दिनुहोस