काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले देशमुखि बजेट बनाउन आवश्यक रहेको बताएका छन । बजेट पहुँचवालामुखि भएको भन्दै उनले सो आवश्यक्ता औंल्याएका हुन। सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटको कार्यान्वयन र सदूपयोग गर्नेतर्फ विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराए ।
संघीय सरकारले बजेटको सदुपयोग गर्नका लागि प्रदेश र स्थानीय तहलाई पनि आवश्यक्ता अनुसार निर्देशन दिनुपर्ने सांसद मिश्रको भनाई थियो । उनले बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्ने निकायलाई दण्डको आवश्यक व्यवस्था गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
सांसद मिश्रले सहरी विकास मन्त्रालयको आवश्यक्ता नरहेको जिकीर समेत गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएकाले सहरी विकास मन्त्रालय आवश्यक नरहेको उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी