काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:०१ बजे बस्ने भएको हो ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउनेछन् ।
यस्तै विनियोजन विधेय २०८० माथि मन्त्रालयगत छलफल हुनेछ । जसमध्ये वन तथा वातावरण, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सहरी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको शिर्षकमाथि छलफल हुनेछ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
राष्ट्रिय सभाको अधिवेशन अन्त्य
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस