इक्यानको उपाध्यक्षमा वाइबी पौडेलद्वारा उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १९ : ०६
इक्यानको उपाध्यक्षमा वाइबी पौडेलद्वारा उम्मेदवारी घोषणा

भरतपुर । सेन्ट्रल कलेज चितवनका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी)ले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रको नेतृत्वले सर्वसम्मतको नाममा भागवण्डा गर्न खोजेको आरोप लगाउँदै उनले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

आगामी असार ३० गते इक्यानको निर्वाचन हुँदैछ । इलोक्टोनिक मतदानबाट सम्पन्न हुने निर्वाचनको परिणाम सोही दिन सार्वजनिक हुनेछ ।