काठमाडौं। प्रतिनिधि सभाबाट बजेटका पूरक विधेयकहरू आज (आइतवार) पारित हुँदै छन् । आज बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गर्ने कार्यसूची छ । त्यसअघि विधेयकमा परेका संशोधनलाई निर्णयार्थ पेश गरिने छ ।
बजेटको मुख्य विधेयक विनियोजन विधेयक भने असार १३ गते नै पारित भइसकेको छ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभाबाट समेत पारित भएपछि बजेट कार्यान्वयनमा जानेछ । साउन १ गतेदेखि लागू हुने आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते संसदमा पेश गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने