एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १६ : ५३
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा शनिवार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको छ । सत्रौँ वार्षिक साधारण सभाले संस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरूमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ । 

प्रादेशिक बैंकको रूपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरू मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चाडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिनेछ ।

आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरूमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ । बैंकको हालसम्म कर्जा लगानी करिब रु १० अर्ब ८० करोड र निक्षेप सङ्कलन रु १३ अर्ब २५ करोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस