उपप्रधानमन्त्री पूर्णबहादुर खड्का आज स्वदेश फर्किँदै

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १४ : ११
उपप्रधानमन्त्री पूर्णबहादुर खड्का आज स्वदेश फर्किँदै

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का आज स्वदेश फर्किँदै छन् ।

गैर आवासीय नेपालीसंघको ओमानको राजधानी मस्कटमा बुधवार देखि भएको ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न उपप्रधानमन्त्री खड्का बुधवार मस्कट गएका थिए ।

सम्मेलनमा उपप्रधानमन्त्री खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड जोड दिए । उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशको विकासमा थप योगदान दिन अपिल समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस