अब नयाँ आत्मविश्वासका साथ संघीयता कार्यान्वयनमा अघि बढ्छौँ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १३ : ३६
अब नयाँ आत्मविश्वासका साथ संघीयता कार्यान्वयनमा अघि बढ्छौँ : प्रधानमन्त्री प्रचण्ड

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय समन्वय परिषद्को बैठक सफलतापूर्वक सम्पन्न भएको र यसले पोखरा घोषणा मानिने गरी महत्त्वपूर्ण निर्णयहरू गरेको बताएका छन् ।

पोखरामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले दाहालले बैठकले एउटा नयाँ आत्मविश्वासका साथ संघीयता कार्यान्वयन र तीनै तहका सरकारको समन्वय र प्रभावकारितामा नयाँ गति आउँछ भन्ने विश्वास लिएको बताएका हुन् ।

उनले भने, ‘बैठकले संविधान कार्यान्वयनमा देखापरेका कतिपय चुनौतीहरूलाई सम्बोधन गर्ने काम गरेको छ । संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको बीचमा समन्वय गर्ने र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा आजको बैठकबाट निर्णयहरू भएका छन् ।

’ तीन वर्ष अगाडि ऐन बनेको तर हालसम्म परिषद्को बैठक बस्न नसकेकोमा आफ्नो पहलमा पहिलोपटक बैठक बसेको जानकारी दिए । बैठकमा मन्त्रीहरू, गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति लगायतको प्रतिनिधित्व रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस