चोकमा बसेर सभापतिको विरोध गर्दैमा पार्टी रूपान्तरण हुँदैन : सहमहामन्त्री राठौंर

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १२ : २०
चोकमा बसेर सभापतिको विरोध गर्दैमा पार्टी रूपान्तरण हुँदैन : सहमहामन्त्री राठौंर

काठमाडौं।नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पार्टी सभापतिको विरोध गर्दैमा पार्टी रूपान्तरण नहुने बताएका छन् । शुक्रवार नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पार्टीका महामन्त्रीद्वयले सभापतिको विरोध गरेर रूपान्तरणको नारा लगाइरहेको आरोप लगाए । 

 

महामन्त्रीद्वयले बाहिर पार्टी नेतृत्वको विरोध गरे पनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको उनको आरोप छ । 'दुई जना महामन्त्रीहरूले सभापतिलाई कम्फिडेन्समा लिएर काम गर्नुपर्ने ठाँउमा चोक चोकमा बसेर विरोध गर्दै हिड्ने काम मात्रै गर्नुभउको छ,' उनले भने । 

नेतृत्वको आलोचना गर्नेले पार्टी बनाउन सक्नुपर्ने नेता राठौंरको भनाइ थियो । पछिल्लो समयमा नयाँ पार्टीले जनतालाई आर्कषित गरिरहेकाले नेपाली कांग्रेसले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने उनले बताए । सहमहामन्त्री राठौरले पार्टीभित्र कुनै किसिमको विवाद नभएको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस