काठमाडौं।दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरालगायत ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन् ।सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए । भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिरोले सडक ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुलाउँदै यातायातका साधन सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
बाढी र पहिरोले यी राजमार्गमा अवरोध
पहिरोले अरनिको राजमार्ग बन्द
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध