काठमाडौ । बिहीबार मध्यान्हदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा खुलिसकेको छैन।
बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध सडक करिब २५ घण्टापछि शुक्रबार साँझदेखि खुलाइएको थियो। तर पुन: शनिबार बिहान खसेको पहिरोले केहीबेर सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन भरतपुरबाट ल्याइएको मेसिनले पहिरो पन्छाएपछि केहीबेर अघि सुचारु भएको उक्त सडकखण्डमा शनिबार बिहान १० बजे पुन: पहिरो खसेको छ।
मुग्लिन-नारायणगढ सडक खण्डको तुइनभिरमा गुडिरहेको कारमाथि पहिरो खसेको घटनास्थलमा रहेका एक यात्रुले जानकारी दिएका छन् ।
उनका अनुसार बागमती प्रदेश ०२५ च २१८१ नं. को कारमाथि पहिरो खसेको थियो। घटनामा सवार यात्रु सकुशल रहेको उनले बताएका छन्।
माथिबाट ढुङ्गा खस्ने क्रम अझै कम नभएको भन्दै सतर्कताका साथ यात्रा गर्न डिभिजन सडक कार्यालय सचेत गराएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध