काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढी-पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्।
३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो भौतिक क्षति भएको थियो।
मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झाेलुङ्गे पुल पनि बगाएको थियो। केही स्थानको सडक पनि अबरुद्ध बनेको थियो।
हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो। हेवा खोलामा डाइभर्सन बनाएर मेची राजमार्ग सुचारु पनि भएको थियो। तर फेरि बाढी आउँदा डाइभर्सन बगाएको छ।
हेवा खोलामा बेलिब्रिजको काम तीव्ररूपमा भइरहेको छ।निर्माणधिन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका हुन्।
मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली छ: प्रकाश ज्वाला
सरकार यातायात व्यवसायीको सिण्डिकेटसामू झुक्यो : प्रकाश ज्वाला
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्नुपर्छ: प्रकाश ज्वाला
राष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल तोकौँ : प्रकाश ज्वाला
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला