हाल सम्म मुलुकभर धान रोपाइँ १२ प्रतिशत मात्रै

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, १३ : १२
हाल सम्म मुलुकभर धान रोपाइँ १२ प्रतिशत मात्रै

काठमाडौं । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको हो । चालु आर्थिक वर्षमा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा असार १३ गतेसम्ममा १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

गत वर्षको असार १० गते १७ प्रतिशत भु-भागमा रोपाइँ सकिएको थियो । मनसुन सक्रिय भइ नसकेकाले कतिपय ठाउँमा रोपाइँ सुरु हुन नसकेको विभागको भनाइ छ । यस वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २३ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, कोशी प्रदेशमा १७ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.०९ प्रतिशत रोपाइँ भएको छ । यसैगरी गण्डकी प्रदेशमा ६.८९ प्रतिशत, बागमती प्रदेशमा ५ र मधेशमा ३ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस