काठमाडौंबाट पाकिस्तानको लाहौर उडे ज्याक मा

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, १४ : ३७
काठमाडौंबाट पाकिस्तानको लाहौर उडे ज्याक मा

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज उडेको हो ।ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस