काठमाडौ दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुंगा लागेर १ बालकको मृत्यु भएको छ ।
सोही ठाउँमा निर्माणाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुंगाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
निर्माणाधीन अवस्थामा रहेको ड्याम बर्षातका कारण भत्किँदा ड्यामबाट खसेको ढुंगाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको बुधवार साँझ मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।
आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुंगा लागेर बालकको मृत्यु भएको प्रहरीलाई जानकारी गराए । उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए ।
‘रातिको समयमा प्रहरी घटनास्थल पुग्नसक्ने अवस्था छैन, पानी परेकाले समस्या छ, ड्यामबाट खसेको डुंगा लागेर १ जना बालकको मृत्यु भएको सूचना पाएका छौं, प्रहरी घटनास्थलमा भोलि बिहान मात्रै पुग्छ होला,’ प्रहरी प्रमुख लम्सालले भने ।
ड्याम भत्किँदा अन्य ६ जना बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिए । ‘ड्याम भत्किँदा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा छन्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
घरको छानाबाट लडेर एक जनाको मृत्यु