लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, २१ : २६
लागुऔषधसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । वीरगन्जमा ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारत बिहारको रक्सौल घर भएका २० वर्षीय अनिल भन्ने अनिष सिंह रहेका छन्। उनको साथबाट प्रहरीले लागु औषध नाइट्राभेट ट्याब्लेट १ हजार ४७० पिस बरामद गरेको छ। 

बुधबार बिहान ९ बजेतिर वीरगन्ज भन्सार नजिकको रजतजयन्ति चोकस्थित सडकमा रक्सौलबाट पैदल वीरगन्ज आइरहेका सिंहलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो। त्यसक्रममा उनले बोकेको झोलाभित्रबाट उक्त परिमाणमा लागुऔषध बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए। 

लागु औषधसहित पक्राउ परेका सिंहलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बुधबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको गिरीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस