हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङका बाँदर पीडित किसान तथा आम नागरिकहरुले बागमती प्रदेशसभा परिसरमा प्रर्दशन गरेका छन् ।दुईवटा बस रिर्जभ गरेर हेटौँडा आईपुगेका करिब १५० जना किसानहरुले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको भन्दै आज बस रिर्जभनै गरेर प्रदेशसभा अघि प्रर्दशन गरेका हुन् ।
धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरुले अन्तराष्ट्रिय कानून देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिसरमा प्रर्दशन गरेका हुन् । बाँदर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभाद्वारा ५ विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित