महेन्द्रनगर । करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु