उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ आज चीन जाँदै

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १९ : ०७
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ आज चीन जाँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाने भएका छन्। राति ११ बजे उनी चाइना साउर्दनको विमानबाट चीन जान लागेका हुन्।

चीनमा आयोजना हुने व्यापारसम्बन्धी प्रदर्शनीमा सहभागी हुन श्रेष्ठ चीन जान लागेका हुन्। गृहमन्त्री श्रेष्ठको चीन भ्रमणका दौरानमा उच्च राजनीतिक भेटघाट पनि हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला माओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठको चीन भ्रमणलाई अर्थपूर्ण रूपले हेरिएको छ।

प्रतिक्रिया दिनुहोस