चिनियाँ बिलिनियर ज्याक मा काठमाडौंमा

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १९ : ०४
चिनियाँ बिलिनियर ज्याक मा काठमाडौंमा

काठमाडौं। चिनियाँ धनाढ्य ज्याक मा नेपाल आइपुगेका छन् । मा सवार विमान बोइङ ७३७ म्याक्स आजै अपरान्ह काठमाडौं अवतरण गरेको हो । विमानस्थल स्रोतकाअनुसार उनी सवार विमान आज साँढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उनले नेपाल बसाईको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको बताईएको छ । ज्याक माको कम्पनी अलिबाबा चीनमा निकै फेमस छ । ज्या अलिबाब ग्रुपका प्रमुख हुन् ।

 

प्रतिक्रिया दिनुहोस