काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथिको सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासमा पेसी परेको छ ।
लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दाको सुनुवाइ नगर्ने भन्दै यसअघि सुनुवाइ स्थगित गरिएको थियो ।
अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरिएको थियो । मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै अदालतले निवेदन खारेज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस