गायिका मेलिना राईको स्वरमा सजिएको 'बर्खाको पानी' बोलको गीत सार्वजनिक

शुक्रबार, १८ साउन २०७५, १५ : १७

काठमाडौँ । चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको 'बर्खाको पानी' बोलको गीत बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा मेलिना सगै राजेन्द्र बजगाईंको स्वर रहेको छ।

जीवन लुइंटेलको शब्द तथा राजेन्द्र बजगाईंको सगीत रहेको सार्वजनिक गीतलाई पुरुषोतम न्यौपानेले  एरेन्ज गरेका हुन् ।

युट्युबमा कार्यक्रम प्रस्तोताको रुपमा  आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियोमा सोनिका सग सुरज श्रेष्ठले रोमान्स गरेका छन्। सोनीका रोकाया मोडलिङ र सञ्चार क्षेत्रमा बिस्तारै स्थापित हुँदैछिन्। उनले छोटै अवधिमा धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

भिडियोलाई गीतकार जीवन लुइंटेलले  निर्देशन गरेका हुन् । माला मगर कोरियोग्राफी रहेको  गीतलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन्   । अमृत चापागाईं को सम्पादन रहेको भिडियोलाई निर्देशन लुइंटेलले  निकै उत्कृस्ट रुपम निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस