धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बर्दगोरिया गाउँपालिका–४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्चि भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोही पालिकाका ४५ वर्षीय प्रशादे साउदलाई करेन्ट लागेको थियो ।
करेन्ट लागि घाइते भएका साउदको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । खबर प्राप्त हुना साथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी टोली खटिइएको छ ।
शवलाई पोष्टमाटमको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु