चितवनमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १५ : ४१
चितवनमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

चितवन। इच्छाकामना गाउँपालिका–४ पृथ्वी राजमार्ग स्थित केबलकारमा माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

चितवन प्रहरीका अनुसार आज दिउँसो बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरित दिशातर्फ आउँदै गरेको लु९३प ९४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपेन्देशीको कञ्चनजंगा नगरपालिका– १ बस्ने३६ वर्षीय हेमन्त कुमालको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । माइक्रो चालक मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने २८ वर्षीय लुम्नसिंह मोक्तान र दुर्घटनामा परेका दुवै सवारी मुग्लिन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस