महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १५ : ३४
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताएका छन् ।  

 

आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताए । 

 

गैरसरकारी संस्थाहरुले आफूखुसी काम गरिरहेको गुनासो आइरहेका बेला मन्त्री आचार्यले उनीहरूलाई राष्ट्रिय आवश्यकताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताए । उनले सरकारी तथा गैरसरकारी संस्थाहरुको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताए ।  मन्त्री आचार्यले समाज कल्याण परिषद्को कामलाई प्रभावकारी बनाउने गरी अनुगमनमा विशेष जोड दिइएको बताए ।  

प्रतिक्रिया दिनुहोस