विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १३ : ३६
विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट

विराटनगर।विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको  १२औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले आइतवार आगामी आर्थिक वर्षका लागि ३ अर्ब  २८ करोड ५० लाख  रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्।

गत वर्षको तुलनामा महानगरले बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो ।आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारमार्फत् अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ १० करोड, अन्य संघसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत  २ करोड आय हुने अनुमान गरिएको छ । 

 

व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ  १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ  ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ  १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस