बैतडी । निरन्तरको वर्षाका कारण पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । उक्त राजमार्ग अन्तर्गत बैतडीको श्रीभावरमा शनिबार राति पहिरो खस्दा यातायात सेवा पूर्ण रुपमा बन्द भएको थियो ।
सडकमा खसेको पहिरो इस्काभेटरले पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिए । पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १२ : १३
लेखकबाट थप