काठमाडौ । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गएराति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा पछाडि सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।
स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार २ युवकको मृत्यु, अर्का घाइते
मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
चितवनमा बस र विद्युतीय कार ठोक्किदा एक जनाको मृत्यु
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु