काठमाडौ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करीब ६१३ किलोग्रामसहित भारतको मोतिहारी मलायथाना नगदाहग्राम बस्ने २७ वर्षीय राजिव तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी जोगीमाराबाट खटिएको संयुक्त टोलीले काठमाडौंबाट भारततर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
एचआर ३८ यु ३४३१ नम्बरको कन्टेनरलाई जाँच गर्ने क्रममा चालकको सिटमाथि लुकाइछिपाई राखेको गाँजा फेला पारी कन्टेनर चालक तिवारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ