काठमाडौ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करीब ६१३ किलोग्रामसहित भारतको मोतिहारी मलायथाना नगदाहग्राम बस्ने २७ वर्षीय राजिव तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी जोगीमाराबाट खटिएको संयुक्त टोलीले काठमाडौंबाट भारततर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
एचआर ३८ यु ३४३१ नम्बरको कन्टेनरलाई जाँच गर्ने क्रममा चालकको सिटमाथि लुकाइछिपाई राखेको गाँजा फेला पारी कन्टेनर चालक तिवारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ