बाजुरामा चट्याङ लागेर चार भैंसी मरे

रासस

शनिबार, ०९ असार २०८०, १९ : ०९
बाजुरामा चट्याङ लागेर चार भैंसी मरे

बाजुरा। बाजुरामा चट्याङ लागेर चार भैंसी मरेका छन् । बडिमालिका–७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैंसी र एक गाई मरेका हुन् ।

बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैंसी सहित एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री,सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक/एक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।