रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १५ : ५०
रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु

चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेकाे छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा तीन लाख रुपैयाँका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको थालिएको हो ।

यो कार्यक्रम आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गरीएको हो । उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन सकिने व्यवस्था पनि रहेको नगरपालिकाले जनाएको छ ।

एकल महिला, सीमान्तकृत, अल्पसंख्यक र दलित महिलालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । उद्यमशीलता कार्यक्रममा जोडिएका उद्यमीले उदाहरणीय काम गरेर देखाउनुपर्ने चुनौती रहेको छ ।

उद्यमीले प्राप्त गरेको ऋणको हरेक तीन महिनामा २५ हजारका दरले किस्ता घटाउँदै तीन वर्षभित्र चुक्ता गरी सक्नु पर्नेछ । रत्ननगर नगरपालिकाकाले उद्यमशीलताबिना विकास हुन नसक्ने भन्दै उद्यमीले राम्रो गर्न सकेमात्र नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम थप विस्तार हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस