नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १२ : २६
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।  ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङमा मैदान उत्रर्नेछ ।

दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।