बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री साउद पुगे सुन्धारा

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, ०८ : ५६
बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री साउद पुगे सुन्धारा

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् ।

बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले १ असारमा खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

कारागार स्रोतका अनुसार खाण पुर्पक्ष चलान भएको एक सातापछि भेट्न गएका मन्त्री साउदले करिब १० मिनेट जिते संवाद गरेका थिए । पार्टी राजनीतिमा खाण र साउदको समकालिन नेता हुन् ।

खाण २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए भने उनको उत्ताधिकारीका रुपमा साउद नेविसंघको नेतृत्वमा पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट खाण र साउद पार्टी संगठनमा राम्रो होल्ड भएका नेता हुन् । 

प्रतिक्रिया दिनुहोस