काठमाडौं। सेलिब्रेटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् ।
रास्वपा प्रवेश गरेसँग शाहले पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ११ : ३४
लेखकबाट थप