लागूऔषध एम्पलसहित ४ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, १५ : ५६
लागूऔषध एम्पलसहित ४ जना पक्राउ

ललितपुर । ललितपुर प्रहरीले नियन्त्रित लागूऔषध एम्पलहरुसहित चार जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर ललितपुरले लागूऔषध एम्पलसहित पक्राउ परेका चारजनलाई बिहिबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं किर्तिपुर–६ बस्ने विनोद मानान्धर, ललितपुर महालक्ष्मी नगरपालिका १० बस्ने विजय लामा, पर्सा वीरगञ्ज महानगरपालिका ११ का धनञ्जय पुनमगर, सोही ठाउँ बस्ने शत्रुधन पासवान रहेका छन् ।

उनीहरुबाट नियन्त्रित लागू औषध एम्पलहरु डाइजेल्याब एम्पल ७७८,  पिस, नुफिन एम्पल ७७८, फेनारगन ७७८ गरी जम्मा २३३४ पिस एम्पलहरु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको आरोपितहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस