सप्तकोशीमा आएको बाढीका कारण कटान सुरु

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, ११ : ५९
सप्तकोशीमा आएको बाढीका कारण कटान सुरु

काठमाडौं । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिवाइ टोल क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको हो ।

बेलका ८ मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केहीमाथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिकाले जनाएको छ । पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षा पछि कोशी नदीमा अत्यधिक पानीको बहाव बढेको छ ।

कटानका कारण बेलका नगरपालिकाका तीन वटा वडाका बस्ती जोखिममा पर्ने देखिएको छ । वडा नम्बर ८ र ९ अन्र्तगत पर्ने सिमलटार र धौरीका साथै वडा नम्बर ३ को दुर्गा बन्दी, मिलन चोक, एबीसी टप्पुलगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस