नबिल बैंकका ग्राहकलाई -याडिसन होटलमा १० प्रतिशत छुट

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, ११ : ५२
नबिल बैंकका ग्राहकलाई -याडिसन होटलमा १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंकका ग्राहकलाई -याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो ।उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले -याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको -याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ । नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस