इन्धनको मूल्य घटेपछि हवाई भाडा घटाउँदै प्राधिकरण

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, १० : ५४
इन्धनको मूल्य घटेपछि हवाई भाडा घटाउँदै प्राधिकरण

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटरहरू हवाई भाडा घटाउने तयारीमा जुटेका छन् । हिजो राति १२ बजेदेखि लागु हुने गरेर नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको थियो ।यससँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् ।

प्राधिकरणका प्रवक्ता जगन्नताथ निरौलाले आज दिउँसो बस्ने बैठकले हवाई भाडा घटाउने जानकारी दिए ।निगमले आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले हवाई इन्धनको मूल्य घटाएको थियो । यससँगै, इन्धनको घटबढका आधारमा हुने हवाई भाडा घटबढको सूत्रअनुसार भाडा घट्ने निरौलाको भनाई छ ।प्राधिकरणको सुझावअनुसार हवाई अपरेटर्सहरुले भाडा घटाउनेछन् ।

प्रतिक्रिया दिनुहोस