नवलपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १९ : ४५
नवलपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

नवलपुर । नवलपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जिल्लालाई आर्थिक वर्ष २०७९र०८० का लागि पूर्ण खोप सुनिश्चितता घोषण गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध खोप प्रदान गरेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७८र०७९मा बालबालिकालाई दिने अन्तिम खोप दादुरा रुबेलाको दोस्रो मात्रा लगाउने बालबालिकाहरुको संख्या ५ हजार ७ सय ५३ जना रहेको र त्यसको प्रगति भने ९७ प्रतिशत रहेको बताए ।

यस आर्थिक वर्षको बैशाखसम्म उक्त खोप लगाउनेको संख्या ४ हजार ७ सय २ रहेको छ ।

प्रतिक्रिया दिनुहोस